Kathmandu Press

स्वदेश फर्किए प्रधानमन्त्री देउवा (फोटो फिचर)

देउवालाई कार्यावाहक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।
स्वदेश फर्किए प्रधानमन्त्री देउवा (फोटो फिचर)
तस्बिर : रासस

काठमाडाैं, चैत २० : छिमेकी राष्ट्र भारतको तीन दिने भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनलाई कार्यावाहक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा गएका  प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत नेतासँग द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए ।

यस्तै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर–जयनगर रेल सेवाको भर्चुअल्ली उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवा आइतबार बिहान भारतको वाराणसी पनि पुगेका थिए ।

 

प्रकाशित मिति: २२:०५ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्