Kathmandu Press

प्रधानमन्त्री भाजपा मुख्यालय पुग्नु कूटनीतिक मर्यादा विपरीत होईन् : परराष्ट्रमन्त्री खड्का

काठमाडौं, चैत २० : परराष्ट्रमन्त्री नारायण खड्काले भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गएको विषय कूटनीतिक मर्यादाविपरीत...
प्रधानमन्त्री भाजपा मुख्यालय पुग्नु कूटनीतिक मर्यादा विपरीत होईन् : परराष्ट्रमन्त्री खड्का

काठमाडौं, चैत २० : परराष्ट्रमन्त्री नारायण खड्काले भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गएको विषय कूटनीतिक मर्यादाविपरीत नभएको प्रष्ट पारेका छन् । 

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनाता पार्टी (भाजपा) को कार्यालयमा पुगेको प्रष्टाएका हुन् । 

खड्काले कांग्रेस पार्टीको सभापति समेत भएका कारण पार्टी–टु–पार्टी सम्बन्ध विस्तारका लागि भाजपा मुख्यालय पुगेको समेत बताए । 
 

प्रकाशित मिति: २१:१३ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्