Kathmandu Press

बुचामा ५७ जनाको सामूहिक चिहान भेटिएको यूक्रेनी अधिकारीको दावी

बुचा, चैत २० : हालै रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको...
बुचामा ५७ जनाको सामूहिक चिहान भेटिएको यूक्रेनी अधिकारीको दावी

बुचा, चैत २० : हालै रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले आइतबार एएफपीलाई बताएका छन्।

बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भने, 'यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ।' शहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान रहेको छ।

Hardik ivf

जमिनमुनि गाडिएका शबमध्ये करीब १० वटा लासलाई माटोले आधा पुरिएको अवस्थामा देखिएको थियो एएफपी सम्वाददाताले आफूले देखेको बताए। सामूहिक चिहानमा भेटिएकामध्ये केही लासहरू कालो जिपभएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए।

यूक्रेनले रुसी सेनालाई बुचामा ‘जानीजानी नरसंहार’ गरेको आरोप लगाएको छ।

यूक्रेनी सेनाको शसक्त प्रतिरोधपछि रूसी सेनाले राजधानीबाट बिस्तारै पछि हट्दै गरेको समयमा कीभ वरिपरि रूसले गरेको गैरसैनिक व्यक्तिको हत्याका प्रमाणहरू देखा परेका छन्।  

एएफपी संवाददाताहरूले शुक्रबार बुचाको एउटा सडक छेउमा गैर–सैनिक पहिरन लगाएका कम्तीमा पनि २० वटा लास देखेको बताएका छन्। ती मृत शरिरमा एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै यूक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन्।

जर्मनीले आइतबार बुचामा नागरिकहरूको हत्यालाई ‘भयानक युद्ध अपराध’को रूपमा निन्दा गरेको छ र रूसविरुद्ध नयाँ प्रतिबन्धको लागि आह्वान गरेको छ। यसैबीच बेलायतले उक्त घटनालाई युद्ध अपराधको रूपमा ‘भयावह कार्यहरू’को अनुसन्धानका लागि आह्वान गरेको छ।

प्रकाशित मिति: २०:१० बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्