Kathmandu Press

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा 

नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट देउवा केहीबेरअघि काठमाडौं आइपुगेका हुन्। उनले भारतमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता समेत गरेका थिए  ।
तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा 
फाइल तस्बिर

काठमाडौं, चैत २० : छिमेकी राष्ट्र भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश आईपुगेका छन् ।

नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट देउवा केहीबेरअघि काठमाडौं आइपुगेका हुन्। उनले भारतमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता समेत गरेका थिए  ।

देउवाले भारतमा रहँदा विभिन्न मन्दिरमा पूजाआजा गर्नुका साथै उत्तर प्रदेशको धार्मिक सहर बनारस पुगेका थिए।   नयाँदिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले प्रधानमन्त्री देउवाको भ्रमण सफल भएको बताएका छन्।

असारमा प्रधानमन्त्री बनेपछि देउवा शुक्रबार पहिलो पटक छिमेकी भारतको भ्रमणमा गएका थिए।
 
प्रकाशित मिति: २०:०१ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्