नेप्से परिसूचक ३१ अङ्कले घट्यो
काठमाडाैं, चैत २० : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ।सेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से...
काठमाडाैं, चैत २० : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ।
सेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०.८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३.४१ बिन्दुमा सीमित भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४४ अङ्कले ओरालो लागेर ४६९.०३ मा सीमित भएको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिएको छ। कुल २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर रु एक अर्ब ४६ करोड सात लाख ७३ हजार ७२९ मूल्यमा खरिद बिक्री भए।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषको शेयर मूल्यमा कुनै घटबढ नभए पनि १२ उपसमूहको सेयर भने ओरालो लाग्यो। बैंकिङ ८.३८, व्यापार २८.९३, होटल तथा पर्यटन २३.८६, विकास बैंक ५५.८६, जलविद्युत् ३९.०४, वित्त ३०.६२, निर्जीवन बीमा १७४.६१, उत्पादन ४९.७९, अन्य ६४.१५, लघुवित्त ६८.१९, जीवन बीमा २१६.९९ र लगानी १.२३ अङ्कले ओरालो लागेका छन्।
नेप्सेका अनुसार आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ६८ अर्ब ४१ करोड १७ लाख ८५ हजार ८९२ बराबर रहेको छ। कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु नौ करोड ७२ लाख ५१ हजार २६९ बराबर भयो।
सिद्धार्थ इन्स्योरेन्स रु. ५ करोड एक लाख २९ हजार १७५, नबिल बैंक रु चार करोड २४ लाख १३ हजार ४३८, नेपाल लाइफ इन्स्योरेन्स रु. चार करोड ११ लाख २२ हजार ९५३ र लाइफ इन्स्योरेन्स कर्पोरेशन रु तीन करोड ८७ लाख ७७ हजार १३८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए।
तीन कम्पनीको शेयर मूल्यमा सर्किट नेप्सेका अनुसार कारोबार भएकामध्ये आज तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। ती कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड र नेष्डो समृद्धि लघुवित्त छन्।
यस्तै जाल सामुदायिक लघुवित्त ४.०१ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २.४९ प्रतिशतले कमाएका छन्। त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.०२, सूर्य लाइफ इन्स्योरेन्स ५.०१, सामलिङ पावर कम्पनी ४.३५, हिमालयन ऊर्जा विकास कम्पनी ४.२३ र नेपाल दूरसञ्चार कम्पनीको शेयरधनीले ४.१९ प्रतिशतले गुमाए।











