Kathmandu Press

एमालेबाट मेयर निर्वाचित अशोक चन्द  एकिकृत समाजवादीमा प्रवेश 

काठमाडौं, चैत २० : कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द सहितका जनप्रतिनिधिहरु नेकपा (एकिकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट...
एमालेबाट मेयर निर्वाचित अशोक चन्द  एकिकृत समाजवादीमा प्रवेश 

काठमाडौं, चैत २० : कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द सहितका जनप्रतिनिधिहरु नेकपा (एकिकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। 

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका मेयरसहितका जनप्रतिनिधिहरु एमाले परित्याग गरी एकिकृत समाजवादी      पार्टीमा प्रवेश गरेका हुन्। 

कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे ।

गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन्।

  

प्रकाशित मिति: १६:१६ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्