Kathmandu Press

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा तीन आतंककारीको मृत्यु

खैबर पख्तुनख्वा, चैत २० :  पाकिस्तानी सशस्त्र सेनाले खैबर पख्तुनख्वाको डेरा इस्माइल खान (डिआइके) मा गरिएको एक खुफिया-आधारित अपरेसन (आइबिओ) मा तीन आतंकवादीलाई मारेको...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा तीन आतंककारीको मृत्यु

खैबर पख्तुनख्वा, चैत २० :  पाकिस्तानी सशस्त्र सेनाले खैबर पख्तुनख्वाको डेरा इस्माइल खान (डिआइके) मा गरिएको एक खुफिया-आधारित अपरेसन (आइबिओ) मा तीन आतंकवादीलाई मारेको छ।

डेरा इस्माइल खानको क्षेत्रमा आतंकवादीहरूको उपस्थितिको बारेमा रिपोर्ट प्राप्त गरेपछि एआरवाई न्यूजले अन्तर-सेवा जनसम्पर्कलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

Hardik ivf

'दोहोरो गोली हानाहानको क्रममा तीन आतंककारी मारिए र पाकिस्तानी सेनाले मारिएका आतङ्कवादीबाट हतियार र गोला बारुद पनि बरामद गरेको' आईएसपीआरका प्रवक्तालाई एआरवाई न्यूजले उद्धृत गर्दै उल्लेख गरेको छ।

यसअघि मार्चमा पनि पाकिस्तानी सेनाले चार आतङ्ककारीलाई मारेको थियो र गोलीबारीमा खैबर पख्तुनख्वा (केपी) बाजौर जिल्लामा दुई सैनिकले पनि ज्यान गुमाएका थिए।

त्यस आक्रमणमा आतंकवादीहरूको गोलीबाट तीन निर्दोष नागरिकहरू पनि मारिएको आइएसपिआरका प्रवक्ताले बताएका छन् ।

ज्यान गुमाउने दुई सैनिकहरू नायब सुबेदार इश्तियाक र सिपाही भएको पुष्टि भएको छ। 

प्रकाशित मिति: १५:४० बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्