Kathmandu Press

सूर्योदय वोमी लघुवित्तको सिइओमा मोक्षप्रसाद पंगेनी

काठमाडौं, चैत २० : सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मोक्षप्रसाद पंगेनी नियुक्त भएका छन्।कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले पंगेनीलाई...
सूर्योदय वोमी लघुवित्तको सिइओमा मोक्षप्रसाद पंगेनी

काठमाडौं, चैत २० : सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मोक्षप्रसाद पंगेनी नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले पंगेनीलाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको कम्पनी सचिन प्रमेश आचार्यले जानकारी दिए।

नियुक्त भएकै दिनदेखि पंगेनीले जिम्मेवारी सम्हालेका छन्। वोमी र सूर्योदय लघुवित्तले मर्जर भएपछि शनिबारदेखि नै एकीकृत कारोबार थालेका छन्।

मर्जरपछि सूर्योदय वोमी लघुवित्तका नामबाट एकीकृत कारोबार थालिएकाे कम्पनीले जनाएकाे छ। 

उनी यसअघि पनि सूर्योदय लघुवित्त वित्तीय संस्थाको सिइओ थिए। 

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्