हंगेरीमा सांसद चयनका लागि मतदान
बुडापेस्ट, चैत २० : हंगेरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भएको छ।आइतबार भएको निर्वाचनबाट १९९ सिटका लागि सांसदहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ।निर्वाचनले...
बुडापेस्ट, चैत २० : हंगेरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भएको छ।
आइतबार भएको निर्वाचनबाट १९९ सिटका लागि सांसदहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनले प्रधानमन्त्री भिक्टर अर्वानको भविश्वको पनि फैसला गर्ने भएको छ। देशभरि मतदान अधिकार पाएकाहरूको सङ्ख्या ७० लाख ८० हजार रहेको छ।
निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्रहरू तय गरिएको आयोगले जनाएको छ। स्थानीय समयअनुसार बिहान ६ बजेदेखि सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने भएको छ।
निर्वाचनको नतिजा आइतबार राति नै आउने अपेक्षा गरिएको छ। वर्तमान राष्ट्रपति अर्वानकै पार्टी फिडेज पार्टीले थोरै मतान्तरले जित हासिल गर्ने अनुमान गरिएको छ।
सन् १९९८ देश शक्तिमा आएका ५८ वर्षीय या प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गरेका थिए। त्यसपछि सन् २०१० मा फेरि शक्तिमा आएका थिए।
आइतबार भएको निर्वाचनमा पनि उनको पार्टीले बहुमत हासिल गरेमा उनी पाँचौंपटक देशको प्रधानमन्त्री बन्नेछन्।
यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उनले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो।












