Kathmandu Press

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद विघटनको सिफारिस

उनीविरुद्धको अविश्वासको प्रस्ताव संसदले खारेज गरिदिएसँगै खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन्। 
पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद विघटनको सिफारिस

काठमाडौं, चैत २० : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले  प्रतिनिधि सभा विघटनको सिफारिस गरेका छन्। उनीविरुद्धको अविश्वासको प्रस्ताव संसदले खारेज गरिदिएसँगै खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन्। 

अविश्वास प्रस्ताव खारेज भएसँगै खानले देशवासीको नाममा सम्बोधन  गर्ने क्रममा आफूले  संसद विघटनको सिफारिस गरेको र चुनावको तयारीमा लाग्न आह्वान गरेका छन्। उनले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताए।

इमरानले भने, ‘आज उप–सभामुखले जो अविश्वास प्रस्ताव खारेज गरेका छन् । यसका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु । हिजोदेखि सबै तनावमा थिए । मलाई सोधिरहेका थिए तर मैले उनीहरुलाई नडराउन भनिरहेको थिएँ ।’ 

Hardik ivf

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले प्रष्ट पारे। पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनी नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन्। उनले यसअघि शनिबार राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडि राष्ट्रव्यापी विरोधमा उत्रन आग्रह गरेका थिए। 

विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिएका थिए। उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका छन्। 

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिएका छन्। खानमाथिको अविश्वासको प्रस्तावमाथि आइतबार संसद्मा छलफल हुने कार्यक्रम तय भएको थियो ।

उनले आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीले चरित्र हत्या गरिरहेको आरोप पनि लगाए। ‘म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्,’ पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने। 

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन्।  

प्रकाशित मिति: १४:१० बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्