औषधी व्यवसायी संघ आन्दोलित, वैशाख १ देखि औषधि आयात नगर्ने
काठमाडौं, चैत २० : नेपाल औषधि व्यवसायी संघले वैशाख १ गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको छ ।सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै संघले...
काठमाडौं, चैत २० : नेपाल औषधि व्यवसायी संघले वैशाख १ गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको छ ।
सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै संघले एक गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको हो । आयात हुने औषधिको हकमा औषधि निर्यात गर्ने मुलुकको एमआरपी समायोजन एवं आयात हुने औषधिको एमआरपी पनि सोही अनुसार बिक्रि वितरण र नवीकरण हुनुपर्ने संघको माग हो।
नेपालमा बिक्रि वितरण हुने करिब ५५ प्रतिशत औषधि विदेशबाट आयात हुने गरेको संघले जनाएको छ। आयात हुने औषधिको एमआरपी अनुसार बिक्रि वितरण गर्न नपाउँदा व्यवसायीहरुलाई समस्या भएको संघले जनाएको छ । संघलेयस अघि फागुन २७ गते औषधि व्यवस्था विभागलाई आफ्ना माग सम्बोधनका लागि ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो ।
संघका अनुसार, गतवर्ष १४ माघ मै २५ बुँदे माग पेश गरेका थियो । तर, आफ्ना मागबारेमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आयात ठप्प गर्ने निर्णय गरेको संघले जनाएको छ।













