Kathmandu Press

कमलसिंह ऐरीकाे कुमको हड्डी भाँचियो, ६ साता मैदानबाहिर रहने

काठमाडाैं, चैत २० : नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर कमलसिंह ऐरीको कुमको हड्डी भाँचिएको छ।टियु मैदानमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत शनिबार भएको मलेसियाविरुद्धको खेलका...
कमलसिंह ऐरीकाे कुमको हड्डी भाँचियो, ६ साता मैदानबाहिर रहने

काठमाडाैं, चैत २० : नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर कमलसिंह ऐरीको कुमको हड्डी भाँचिएको छ।

टियु मैदानमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत शनिबार भएको मलेसियाविरुद्धको खेलका क्रममा देव्रे कुमको हड्डी भाँचिएको हो।

लेसियासँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको थियो। सोही कारण उनले खेलमा २ ओभरमात्र बलिङ गरेका थिए। ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिएका थिए।

खेलपछि नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेको थियो। आइतबार बिहानै कमलको शल्यक्रिया गरिएको क्यानले जनाएको छ।

अब कमल ६ साता मैदानबाहिर रहने क्यानले जनाएको छ।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्