ट्रयाक्टरबाट खसेर दुई जनाको मुत्यु

काठमाडाैं, चैत २० : गुडीरहेको ट्रयाक्टरबाटबाट खसेर छुट्टा छुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ। ट्रयाक्टरबाट खस्दा जुम्लाको खलंगला र तनहुँमा गरी दुई जनाको मृत्यु भएको हो।
जुम्लाको खलंगामा ट्रयाक्टरबाट खस्दा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । २३ वर्षीया एलिना श्रेष्ठको उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको हो ।
गएराती ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट श्रेष्ठ खसेकी थिइन् ।











