Kathmandu Press

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा.राणाको आग्रह

काडमाडाैं, चैत २० : सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री मपत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का...
सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा.राणाको आग्रह

काडमाडाैं, चैत २० : सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री मपत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गर्दै सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेकी छन्।

शनिबार साँझ इन्स्टिच्युटको भ्रमणका क्रममा डा.राणाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्ने आग्रह गरेकी थिइन्।

इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तरक्रियामा उनले नेपालमा पनि एआइआइएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने पनि बताइन्।

सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयास हुँदाहुँदै नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै नेतृ डा. राणाले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एआइआइएमएसको सेवा लैजान आवश्यक रहेको बताइन्।

डा. राणाको आग्रहलाई सहर्ष स्वीकार गर्दै छिट्टै यस सम्बन्धमा आवश्यक पहल सुरु गरिने एआइआइएमएसका निमित्त निर्देशक प्रा डा नीना खन्नाले बताइन्। उनले नेपाल सरकारसँग समन्वय गरी यस क्षेत्रमा काम गर्न इच्छुक रहेको पनि बताइन्।

 

प्रकाशित मिति: ११:३२ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्