नेकपा समाजवादीका १४ सांसदको सुनुवाई आजदेखि
काठमाडाैं, चैत २० : नेकपा एकीकृत समाजवादीका १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ।एमाले अध्यक्ष केपी ओलीले पार्टी विभाजन गरेर नयाँ...
काठमाडाैं, चैत २० : नेकपा एकीकृत समाजवादीका १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ।
एमाले अध्यक्ष केपी ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाएका अध्यक्ष माधवकुमार नेपलासहितका १४ जना सांसदविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले चैत २०मा पेसी तोकेको थियो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले सो रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको थियाे। अध्यक्ष ओलीले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका १४ सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित रिट दायर गरेका थिए।
दुवै पक्षको बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ। सर्वोच्चले सुनाउने फैसलाले एकीकृत समाजवादीको भविष्य निर्धारण हुनेछ।
प्रकाशित मिति: ११:१९ बजे, आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











