Kathmandu Press

ताप्लेजुङमा चट्याङले एक जनाको मृत्यु

ताप्लेजुङ, चैत २० : ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गए राति परेको चट्याङ लागेरे सिरीजंघा–२...
ताप्लेजुङमा चट्याङले एक जनाको मृत्यु

ताप्लेजुङ, चैत २० : ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गए राति परेको चट्याङ लागेरे सिरीजंघा–२ का मुकेश भट्टराईको निधन भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा उनको निधन भएको जनाएको छ।

चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु¥याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति: ११:११ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्