प्रधानमन्त्री देउवा आज बनारस जाँदै
काठमाडौं, चैत २० : भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस जाने भएका छन्।हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र मानिने बनारसमा प्रधानमन्त्री देउवाले पूजापाठ...
काठमाडौं, चैत २० : भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस जाने भएका छन्।
हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र मानिने बनारसमा प्रधानमन्त्री देउवाले पूजापाठ गर्ने कार्यक्रम छ। उत्तर प्रदेशमा पर्ने बनारसलाई नेपाली हिन्दूले पनि पवित्र स्थलका रुपमा लिन्छन्।
वनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्ने कार्यक्रम छ। देउवाले त्यहाँका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्नेछन्।
प्रधानमन्त्री देउवाले अपराह्न ४ बजे वनारसबाट दिल्ली फर्किनेछन्। आजै ४ः१५ बजे दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो। भारत भ्रमणका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गरेका छन्।











