ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
दमक, चैत २० : रोकिएको ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा झापाको गौरादहमा एक युवाको मृत्यु भएको छ।गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे २ प ३९१२ नंको...
दमक, चैत २० : रोकिएको ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा झापाको गौरादहमा एक युवाको मृत्यु भएको छ।
गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे २ प ३९१२ नंको मोटरसाइकल किनारमा रोकिराखेको को १ क २४७९ नंको ट्र्याक्टरमा ठोक्किएको हो। दुर्घटनामा गौरादह–९ का ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।
यसैगरी शनिबार नै झापाको दमक–५ का १३ वर्षीय रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा डुबेका थिए।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उनले बताए।
प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार