Kathmandu Press

सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

रूपन्देही, चैत १९ : आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेससहित आज...
सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

रूपन्देही, चैत १९ : आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेससहित आज भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै जिल्लास्तरीय संयन्त्र गठन गरेको छ।

रुपन्देहीका सभापति रामकृष्ण खाँणको सयोजकत्वमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक नारायण जिसी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राजुु गुुरुङ, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरिएको छ।

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुुस्थिति बुझेर केन्द्रलाई सुुझाव पठाउने छ भने जिल्लामा आवश्यक रणनीति तय गर्ने जनाएको छ।

प्रकाशित मिति: १९:०८ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्