Kathmandu Press

चाँडै प्रदेश खेलकुद विकास बोर्ड गठन हुन्छ : मुख्यमन्त्री राई

धरान, चैत १९ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका छन।...
चाँडै प्रदेश खेलकुद विकास बोर्ड गठन हुन्छ : मुख्यमन्त्री राई

धरान, चैत १९ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका छन। धरानमा आज आयोजित स्व रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको समापनमा मुख्यमन्त्री राईले खेलकुद विकासमा प्रदेश सरकार गम्भीर भएको बताए।

रेवाहाङ राईको सम्झनामा उनका बाबु रेवतीरमण राई र माता सुजता राईले कोष निर्माण गरिदिएर बास्केटबल खेलका लागि योगदान दिएकामा धन्यवाद दिए। अफिसियल खेलका रूपमा विकास भएको बास्केटबल अब प्रदेशमा गति लिने उनको भनाइ थियो। स्व रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आगामी वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि उनले आयोजकलाई आश्वासन दिए।

Hardik ivf

नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामाले नेपालमा बास्केटलको सुरुआत २०१० सालताका धरानमा व्रिटिसहरूले सुरु गरेको स्मरण गराए। सरकारले अन्य खेलमा लगानी गरे पनि बास्केटबलमा लगानी शून्य भएकाले बास्केटबलमा लगानी गर्न मुख्यमन्त्री राईलाई ध्यानाकर्षण गराए। धरान मेघा हिमालयन कलेजको आयोजनामा भएको प्रतियोगिता धरानका विभिन्न कलेजले सहभागिता जनाएका थिए।

बास्केटबलका उदीयमान खेलाडी रेवाहाङको १३ महिनाअघि निधन भएको थियो। डिपोट उच्च मावि कक्षा ९ मा अध्ययन गर्दैगर्दा असामायिक निधन भएपछि उनका मातापिताले खेल विकासमा योगदानका लागि दुई लाख रूपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन। सोही कोषको ब्याज रकम र विभिन्न दाताको सहयोगमा प्रतियोगिता गरिएको प्रदेश नं १ का बास्केटल प्रशिक्षक तथा धरान बास्केटबल सङ्घका सचिव विकास राईले जानकारी दिए।

प्रकाशित मिति: १९:०५ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्