Kathmandu Press

व्यवसायीले ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव

काठमाडाैं, चैत १९ : पेट्रोलियम व्यवसायीले शुक्रबारदेखि ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव देखिएको छ।शनिबार कतिपय पेट्रोल पम्प बन्द रहेका छन् भने खुलेका पम्पमा...
व्यवसायीले ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव

काठमाडाैं, चैत १९ : पेट्रोलियम व्यवसायीले शुक्रबारदेखि ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव देखिएको छ।

शनिबार कतिपय पेट्रोल पम्प बन्द रहेका छन् भने खुलेका पम्पमा लामो लाइन लागेको छ।

शनिबार पेट्रोलियम पदार्थ बाँकी भएका केही निजी र नेपाली सेना, प्रहरी, सशस्त्र र साझाले पेट्रोलियम पदार्थ बिक्री गरेको थियो। आयल निगमले मूल्य बढाए पनि आफूहरुले पाउने कमिशन नबढाइएको भन्दै पेट्रोलियम व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले पेट्रोलियम ढुवानीको भाडा पनि बढाउन माग गरेका छन्।

आयल निगमले व्यवसायीका माग सम्बोधनका लागि तयार रहेको भन्दै समय मागेको छ। तर व्यवसायीले भने तत्कालमाग सम्बोधन नगर्ने भए आइतबारदेखि सबै पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन्।

यसैबीच कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। शनिबार सरोकारवाला निकायसँग सम्पर्क गर्दै उनले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्