Kathmandu Press

प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोज

नयाँ दिल्ली, चैत १९ : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा...
प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोज

नयाँ दिल्ली, चैत १९ : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दिवा भोजको आयोजना गरेका छन्। 

दिवाभोजमा प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी भए।

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्