Kathmandu Press

माओवादी केन्द्रकाे परिपत्र : उम्मेदवार छनोट गर्न ६ मापदण्ड, गठबन्धन दलबीच मात्रै तालमेल

काठमाडाैं, चैत १९ : माओवादी केन्द्रले स्थानीय तहको आसन्न निर्वाचनलाई लक्षित गरेर तेस्रो विशेष परिपत्र जारी गरेको छ।सत्तारुढ गठबन्धन दलको बिहीबार सम्पन्न बैठकको...
माओवादी केन्द्रकाे परिपत्र : उम्मेदवार छनोट गर्न ६ मापदण्ड, गठबन्धन दलबीच मात्रै तालमेल

काठमाडाैं, चैत १९ : माओवादी केन्द्रले स्थानीय तहको आसन्न निर्वाचनलाई लक्षित गरेर तेस्रो विशेष परिपत्र जारी गरेको छ।

सत्तारुढ गठबन्धन दलको बिहीबार सम्पन्न बैठकको भोलिपल्ट (शुक्रबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गरेका हुन्। 

विशेष परिपत्रमा उम्मेदवार छनोटका ६ मापदण्ड समेटिएको छ।

परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उम्मेदवारलाई नदाहोर्‍याउन भनिएको छ।

देश जनता, पार्टी र क्रान्तिप्रति  निष्ठावान रहेको, स्वच्छ छवि भएको, पार्टी अनुशासनप्रति निष्ठावान् रहेको हुनुपर्ने परिपत्रमा उल्लेख छ।

त्यसैगरी विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनोट र समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिन पनि निर्देशन दिइएको छ।

त्यसैगरी परिपत्रमा गठबन्धन दलहरुबीच मात्रै निर्वाचनमा तालमेल गर्न पाइने निर्णय गरिएको पनि उल्लेख छ। 

यी हुन् उम्मेदवार छनोटको ६ मापदण्ड :

१. विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदाहोर्याउने
२. देश जनता, पार्टी र क्रान्तिप्रति  निष्ठावान रहेको
३. स्वच्छ छवि भएको
४. विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६.  समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने 

प्रकाशित मिति: १७:०४ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्