Kathmandu Press

माओवादीले जितेका पालिकाहरुमा मात्र राम्रो काम भएकाे छ : प्रचण्ड

काठमाडाैं, चैत १९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै रहेको बताएका छन्।शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा...
माओवादीले जितेका पालिकाहरुमा मात्र राम्रो काम भएकाे छ : प्रचण्ड

काठमाडाैं, चैत १९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले मुलुकमा परिवर्तन ल्याएको र मुलुकको नेतृत्व भने परिवर्तन रोक्नेहरूका हातमा जाने अवस्था निम्तिएको भन्दै परिवर्तनमाथि खतरा कायमै रहेको बताएका हुन्।

अहिले माओवादीले जितेका पालिकाहरुमा मात्र राम्रो काम हुन सकेको उनले दाबी गरे। भरतपुर महानगरपालिकामा अन्य पालिकामा भन्दा राम्रो काम भएको भन्दै प्रचण्डले माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताए।

मुलुकको हरेक पालिकामा सुशासन, विकास तथा समृद्धिको ढोका खोल्न आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा प्रचण्डले केही भूतपूर्व सैनिकलाई माओवादी प्रवेश गराएका थिए। 

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्