Kathmandu Press

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नयाँ दिल्ली, चैत १९ : भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले...
भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नयाँ दिल्ली, चैत १९ : भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन्।

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ।

पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन्।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ। त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ। 

प्रकाशित मिति: १६:१२ बजे, शनिबार, चैत १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्