Kathmandu Press

जनप्रतिनिधिको कामको मूल्याङ्कन जनताले गर्छन् : श्रममन्त्री श्रेष्ठ

तनहुँ, चैत १९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनप्रतिनिधिले गर्ने कामको मूल्याङ्कन जनताले चुनावबाट गर्ने बताएका छन्।  तनहुँको व्यास नगरपालिका–११ मा...
जनप्रतिनिधिको कामको मूल्याङ्कन जनताले गर्छन् : श्रममन्त्री श्रेष्ठ

तनहुँ, चैत १९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनप्रतिनिधिले गर्ने कामको मूल्याङ्कन जनताले चुनावबाट गर्ने बताएका छन्।  

तनहुँको व्यास नगरपालिका–११ मा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनताको मन छुन सक्ने काम गर्न सकिए चुनावबाट मूल्याङ्कन हुने बताएका हुन्। 

श्रममन्त्री श्रेष्ठले राजनीति भनेको जनताको सेवाका लागि भएको बताए। उनले भने, ­‘जनताको कामलाई प्राथमिकता दिनुपर्छ, जनताले चुनावबाट त्यसको मूल्याङ्कन गर्छन्।’ मन्त्री श्रेष्ठले आफू जहिल्यैपनि जनताकै पक्षमा रहेको उल्लेख गर्दै तनहुँको विकासका लागि पक्ष विपक्ष, यो पार्टी वा त्यो पार्टीको नभनी काम गरिरहेको छु, विकासमा राजनीति नगरौँ ।’ मन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचन नजिकिँदै आइरहेकाले निर्वाचनको तयारीमा लाग्न पनि आग्रह गरे। 

वर्तमान सरकार देशमा सुशासन कायम र विकास गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनसम्म वर्तमान सरकारमा रहेका दलबीच गठबन्धन गरेर जाने सहमति भएको बताए। ‘गठबन्धनले देशलाई निकास दिन्छ, यसमा सबै प्रतिबद्ध बनौ,’ उनले भने। 

गठबन्धनलाई विजयी गराउन लाग्नुपर्छ  

यसैगरी मन्त्री श्रेष्ठले तनहुँमा पनि पाँच दलीय गठबन्धन कायम हुने बताएका छन्। 

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले गठबन्धन कायम गरेर जिल्लाका सबै पालिकामा निर्वाचन जित्ने गरी लाग्न आग्रह गरे। ‘निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको छ, गठबन्धनले नै देशलाई निकास र विकास दिन्छ,’ उनले भने, ‘ढुक्क भएर चुनाव जित्ने गरी तयारीमा लाग्नुस्।’ 

मन्त्री श्रेष्ठले जिल्लाको विकास निर्माणका लागि काम भइरहेकाले जनताले त्यसको मूल्याङ्कन चुनावमा गर्ने धारणा राखे । उनले भने, ‘जनताको समस्या समाधानका लागि हामी सदैव लागिरहेका छाँै, भोलि पनि लाग्छाँै, वर्तमान सरकार जनताको समस्या समाधानका लागि बनेको हो।’
 
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले गठबन्धनका विषयमा प्रस्ट धारणा आइसकेकाले कुनै द्विविधा नरहेको बताए। उनले नगरवासीका समस्या सम्बोधनका लागि आफू सदैव क्रियाशील रहेको बताए। 

नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव एवं राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य श्रीरामा कार्कीले शुक्लागण्डकीमा सुकुम्वासीका समस्या धेरै रहेकाले यो समस्या समाधानका लागि आयोग दत्तचित्त भएर लागिपरेको बताए । शुक्लागण्डकीबाट निस्सा वितरण सुरु गर्न लागिएको उनले सो अवसरमा जानकारी दिए। 

प्रकाशित मिति: १५:४९ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्