Kathmandu Press

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलर सैन्य सहयोग गर्ने

वासिङ्टन, चैत १९ : संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग डिओडीले जनाएको छ।युक्रेन सेक्युरिटी...
अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलर सैन्य सहयोग गर्ने

वासिङ्टन, चैत १९ : संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग डिओडीले जनाएको छ।

युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभे मार्फत डिओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ।

'यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ,' पेन्टागनका प्रेस सचिव जोन किर्बीले भने।

प्रकाशित मिति: १४:३८ बजे, शनिबार, चैत १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्