Kathmandu Press

माली सेनाले देशको मध्य भागमा २०० भन्दा बढी विद्रोहीकाे हत्या

बामाको, चैत १९ : माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना आतंककारीलाई मारेको  विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।'यो अपरेसन मार्च २३-३१...
माली सेनाले देशको मध्य भागमा २०० भन्दा बढी विद्रोहीकाे हत्या

बामाको, चैत १९ : माली सेनाले देशको मध्य भागमा गरेको सैन्य कारबाहीमा २०३ जना आतंककारीलाई मारेको  विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

'यो अपरेसन मार्च २३-३१ मा मोरा क्षेत्रमा गरिएको थियो,' एजेन्सी फ्रान्स-प्रेसले माली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ।

माली सेनाले पनि ५१ आतङ्ककारीलाई हिरासतमा लिएको छ र ठूलो संख्यामा हतियार बरामद गरेको छ।

सन् २०१२ मा तुआरेग लडाकूहरूले देशको उत्तरी भागमा ठूलो भूभाग कब्जा गरेपछि मालीको अवस्था अस्थिर भएको थियो।

इस्लामवादीहरूको गतिविधि, लिबियाका पूर्व नेता मुअम्मर गद्दाफीप्रति वफादार सेना र फ्रान्सेली हस्तक्षेपका कारण द्वन्द्व झन् बढ्दै गएको छ।

प्रकाशित मिति: १४:२८ बजे, शनिबार, चैत १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्