Kathmandu Press

प्रधानमन्त्री देउवाले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो 

नेपाल–भारत द्विपक्षीय भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। 
प्रधानमन्त्री देउवाले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो 

काठमाडौं, चैत १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

नेपाल–भारत द्विपक्षीय भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। 

त्यसअघि नेपाल र भारबीच  चार वटा सम्झौतामा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणका क्रममा आज चार वटा सम्झौतामा हस्ताक्षर भएको हो।

यस्तै, भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेलवे लाइनको उद्घाटन भएको छ। नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गरेका हुन्। 

प्रकाशित मिति: १४:०३ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्