प्रधानमन्त्री देउवा र मोदीले गरे सोलु करिडोर प्रसारण लाइनकाे उद्घाटन
काठमाडाैं, चैत १९ : प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणका क्रममा सोलु करिडोर प्रसारण लाइन आयोजनाकाे उद्घाटन गरिएकाे छ।प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी...
काठमाडाैं, चैत १९ : प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणका क्रममा सोलु करिडोर प्रसारण लाइन आयोजनाकाे उद्घाटन गरिएकाे छ।
प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट आज (शनिबार) भर्चुअल माध्यममार्फत साे आयोजनाकाे उद्घाटन गरेका हुन्।
सोलु करिडोर नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो।
९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन भारतको अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा बनाइएकाे हाे।
सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिलासम्मको साे प्रसारण लाइनमा तीन सय दुई वटा टावर छन् ।
उद्घाटनसँगै साे आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
प्रकाशित मिति: १३:५७ बजे, शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










