नेपाल र भारत अनादिकालदेखि नै सुख दुःखका साथी रहेका छौं : मोदी
मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताए। ‘अनादिकालदेखि हामी एक अर्काका सुख(दुस्खका साथी रहेका छौँ,’ उनले भने।
काठमाडौं, चैत १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत अनादिकालदेखि नै एकअर्काका सुख दुःखका साथी रहँदै आएको बताएका छन्। नेपाल–भारत द्विपक्षीय बैठकपछिको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहिँ नभएको बताएका छन्।
मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताए। ‘अनादिकालदेखि हामी एक अर्काका सुख, दु:खका साथी रहेका छौँ,’ उनले भने।
मोदीले प्रधानमन्त्री देउवासँग आपसी सहयोग, विकास र परियोजना लगायत सबै विषयमा छलफल भएको जानकारी गराए। अहिलेसम्मको सम्बन्धको समिक्षा र भविष्यको रुपरेखाबारे पनि कुराकानी भएको मोदीले बताए। विशेषगरी पावर सेक्टरमा सहयोग गर्ने, पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउने लगायतमा जोड दिइएको मोदीले बताए।
भेटवार्तामा प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिने सहमति भएको पनि मोदीले बताए । खुृला सिमानाको दुरुपयोग नहोस् भनेर दुबै देशका प्रधानमन्त्रीबीच सकारात्मक छलफल भएको उनले बताए।
पत्रकार सम्मेलनअघि दुवै देशका प्रधानमन्त्रीले जयनगर(कुर्था रेल, सोलु करिडोर प्रसारण लाइन, डिजिटल भुक्तानी ुरुपेु उद्घाटन गरेका थिए ।










