नेपाल र भारतका बीचमा चारवटा सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएलगत्तै दुई देशको प्रतिनिधिमण्डलकाे छलफलपछि ती सम्झौतामा हस्ताक्षर भएको हो।
काठमाडौं, चैत १९ : नेपाल र भारतका बीचमा चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आज (शनिबार) ती सम्झाैता भएकाे हाे।
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएलगत्तै दुई देशको प्रतिनिधिमण्डलकाे छलफलपछि ती सम्झौतामा हस्ताक्षर भएको हो।
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल वेसम्बन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
प्रकाशित मिति: १३:२७ बजे, शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार