Kathmandu Press

नयाँदिल्लीमा नेपाल–भारत द्विपक्षीय बैठक 

बैठक सकिएलगत्तै चारवटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम सुरु भएको छ ।
नयाँदिल्लीमा नेपाल–भारत द्विपक्षीय बैठक 

काठमाडौं, चैत १९ : भारतको नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा नेपाल–भारत प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक बसेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएलगत्तै दुई देशको प्रतिनिधिमण्डलको बैठक सुरु भएको हो।  

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका थिए। बैठक अहिले सकिएको छ।

बैठक सकिएलगत्तै चारवटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम सुरु भएको छ ।
 

प्रकाशित मिति: १३:०६ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्