Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि

नयाँदिल्ली, चैत  १९ : भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए। प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको ‘भारत छोडो’ अभियान तथा उनको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर पनि गरे।  

प्रधानमन्त्रीका साथमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भान  देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत महात्मागान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए। 

प्रकाशित मिति: १२:४६ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्