Kathmandu Press

पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो : बाइडेन

वासिङ्टन, चैत १९ : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भएको आरोप लगाएका छन्।रुसले युक्रेनमा आक्रमण गरेपछि तेल...
पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो : बाइडेन

वासिङ्टन, चैत १९ : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भएको आरोप लगाएका छन्।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उनको भनाइ छ।

Hardik ivf

विश्वभरि अहिले मूल्यवृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दाबी गरे।

शुक्रबार उनले भने, 'रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ।'

उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिँदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे।

'यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ,' सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्।

आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले वेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

राष्ट्रपति बाइडेनले तत्काल युद्ध रोक्न र वार्ता मार्फत विवाद अन्त्य गर्न पटकपटक आग्रह गर्दै आएको पनि स्मरण गराएका छन्।

प्रकाशित मिति: १२:४१ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्