हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ।
काठमाडौं, चैत १९ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ। तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता सुरु भएको हो।
द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर-जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ। त्यस्तै नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ।

यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री देउवा ५० प्रतिनिधिमण्डलसहित शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका थिए। शुक्रबार नै भारतीय विदेशमन्त्री यश जयशंकरसँग भेटवार्ता गरेका थिए।
प्रकाशित मिति: १२:०२ बजे, शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










