Kathmandu Press

कांग्रेसको निर्वाचन प्रचार समितिमा थप ६७ सदस्य मनोनित

काठमाडौं, चैत १९ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन्। उनले यही चैत...
कांग्रेसको निर्वाचन प्रचार समितिमा थप ६७ सदस्य मनोनित

काठमाडौं, चैत १९ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन्। 

उनले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूर्णता दिनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
 
समितिको सदस्यमा केन्द्रीय सदस्य जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाईँ, बहादुरसिंह (लामा) तामाङ, अमृत अर्याल, रामजनम चौधरी, डा गोपाल दहित, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, धु्रव वाग्ले, दिनेशकुमार यादव, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, राजीव ढुङ्गाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी र उमेश श्रेष्ठ रहेका छन्। 
 
यसैगरी केन्द्रीय सदस्य राजीवविक्रम शाह, विनोदकुमार चौधरी, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मोहन आचार्य, जावेदा खातुन जागा, नागिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, दिनेश कोइराला, उर्मिला नेपाल केसी, सुशीला थिङ, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र शान्ति परिवार विक समितिको सदस्यमा मनोनीत भएका छन्। 
 
यसबाहेक समितिको सदस्यमा पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्ष पदेन सदस्य हुनेगरी मनोनीत गरिएको पार्टी कार्यालयले जनाएको छ।  

प्रकाशित मिति: ११:५० बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्