Kathmandu Press

अस्पतालमा बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियामा तनाव 

कैलाली, चैत १९ : कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको...
अस्पतालमा बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियामा तनाव 

कैलाली, चैत १९ : कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।
  
अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए । 
 
उनले भने, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुप¥र्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ।’ तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ।
  
सो अस्पतालमा गएराति उपचारार्थ भर्ना हुनुभएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ।

प्रकाशित मिति: ११:४४ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्