आजबाट हिमालयन हाईड्रो एक्सपो, यस्तो छ कार्यक्रम
काठमाडौं, चैत १९ : जलविद्युत् क्षेत्रका नविनतम प्रविधि प्रदर्शनीदेखि सरोकारका सवै विषयवस्तुमा बहस हुने हिमालयन हाईड्रो एक्सपो आज सुरु हुँदै छ।काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति...
काठमाडौं, चैत १९ : जलविद्युत् क्षेत्रका नविनतम प्रविधि प्रदर्शनीदेखि सरोकारका सवै विषयवस्तुमा बहस हुने हिमालयन हाईड्रो एक्सपो आज सुरु हुँदै छ।
काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक्सपोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) र एक्सपो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा एक्सपो आयोजना गर्न लागेका हुन्।
तीन दिनसम्म चल्ने एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबीचमा छलफल हुनेछ। पहिलो दिन शनिबार जलविद्युत् आयोजना निर्माणमा नयाँ प्रविधि, उत्पादित विद्युत्को बजारीकरण तथा यसका समस्या र हरित हाईड्रोजनका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
प्रविधि सम्बन्धी सत्रमा भिब्रो सिस्टम क्यानडाका रविशेख दिक्षितले हाईड्रो युनिटको उपयुक्त सञ्चालन तथा मर्मतमा प्रतुति दिनेछन्। त्यस्तै डा. सिबास्टियन पाल्टले सेडिमेन्ट व्यवस्थापनमा बोल्नेछन्।

सिनेटेकका म्यानेजर मनोज भट्टराईले जलविद्युत्को राष्ट्रिय तथा अन्तररष्ट्रिय क्षेत्रमा उपलब्ध नविन प्रविधिबारे चर्चा गर्नेछन्। हरित हाइड्रोजनका सम्बन्धमा ब्रिटिश हाई कमिशन इण्डियाका वरिष्ठ उर्जा सल्लाहकार मिलिण्ड गोडब्लेले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
दोस्रो दिन आईतबार जलविद्युत् क्षेत्रमा जलवायु परिवर्तन, वातावरणीय तथा सामाजिक विषयवस्तुमथि छलफल हुँदै छ। दोस्रो सत्रमा विद्युतीय सवारी साधान तथा विद्युतीय भन्साको वर्तमान अवस्था र भविश्यका संभावनामा विज्ञहरुले छलफल गरिने भएको छ। यो सत्रमा बैकपिक ऊर्जा प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, नेपाल विद्युत् प्राधिकरणका सागरमणि ज्ञवाली लगायत सहभागी हुुनेछ।
तेस्रो सत्रमा जलविद्युत् आयोजनामा वित्तीय तथा अन्य स्रोत व्यवस्थापनका विषयमा विशेष अन्तरकृया गर्ने तय गरिएको आयोजकले जनाएको छ। नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायतका व्यक्तित्व उक्त सेसनमा सहभागी हुनेछन्।
तेस्रो दिन सोमबार पहिलो सत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन्। यसमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाईड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी हुनेछन्।
अन्तिम सत्रमा हुने जलविद्युत् क्षेत्रको नीतिगत विषयबस्तुमाथिको छलफलमा ऊर्जा जलश्रोत सिँचाईमन्त्री पम्फा भूषालको विशेष उपस्थिति हुनेछन्। त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली र उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुनेछन्।










