Kathmandu Press

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँ दिल्लीस्थित आईटीसी मौर्य होटलमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो। 
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

काठमाडौं, चैत १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित आईटीसी मौर्य होटलमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो। 

प्रधानमन्त्री देउवासँग आजै भारतका सुरक्षा सल्लाहकार अजित डोभालले भेट्ने कार्यक्रम छ। त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग भने शनिबार मात्रै भेटवार्ता हुनेछ। त्यसपछि आइतबार बनारसको भ्रमण गरि प्रधानमन्त्री सोही दिन स्वदेश फर्कने कार्यक्रम छ। 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो प्रधानमन्त्री भारत प्रस्थान गरेका थिए। 

प्रकाशित मिति: १९:२६ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्