Kathmandu Press

सुर्खेत उद्योग वाणिज्य सङ्घको निर्वाचन रोक्न अल्पकालीन आदेश

वीरेन्द्रनगर, चैत १८ : उच्च अदालत सुर्खेतले सुर्खेत उद्योग वाणिज्य सङ्घको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न अल्पकालनि अन्तरिम आदेश दिएको छ। उच्च अदालतका...
सुर्खेत उद्योग वाणिज्य सङ्घको निर्वाचन रोक्न अल्पकालीन आदेश

वीरेन्द्रनगर, चैत १८ : उच्च अदालत सुर्खेतले सुर्खेत उद्योग वाणिज्य सङ्घको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न अल्पकालनि अन्तरिम आदेश दिएको छ। उच्च अदालतका कायममुकायम मुख्य–न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले यही चैत २६ गतेका लागि तोकिएको निर्वाचन प्रक्रिया तत्काललाई स्थगित गर्न आदेश सुनाएको हो।

सदस्यता विवादका बीच निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट व्यवसायीले सङ्घको कार्यालयमा तालाबन्दी गरेका थिए। सङ्घले एकपक्षीय रुपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विवाद अदालतसम्म पुगेको हो। विधानबमोजिम खारेजीमा परेका सदस्यताको नवीकरणसम्बन्धी विषयलाई लिएर गत माघदेखि सङ्घमा विवाद छ।

सङ्घको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै व्यवसायी सुरेन्द्रकुमार मल्लले अदालतमा रिट दायर गर्नुभएको थियो। रिटमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई यही चैत २४ गते बोलाएको छ। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर,अधिवक्ताद्वय विद्याभूषण मानन्धर र लोकबहादुर शाहले बहस गरेका थिए। अदालतले विपक्षी जिल्ला प्रशासन कार्यालयलगायतलाई उच्च सरकारी वकिल कार्यालयमार्फत तथा निवेदक पक्षलाई निर्वाचन रोक्न आदेश जारी गर्नुपर्ने भए १५ दिनभित्र कारणसहित प्रमाण पेश गर्न भनेको छ।

प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्