Kathmandu Press

पसलमा आगलागी हुँदा एक करोड पच्चिस लाखको क्षति

पसलमा आगलागी हुँदा एक करोड पच्चिस लाखको क्षति
Hardik ivf

सिमकाेट, चैत १८ : जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–४ मा रहेको याल्वाङमा आगलागी हुँदा पसल जलेर नष्ट भएको छ। वडा ४ को छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको एक तलाको दुईकोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए।

काठको टहराले बनेको पसलसहित दुई कोठा जलेर नष्ट हुँदा एक करोड पच्चिस लाख रूपैयाँ बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिए। विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। पालिका केन्द्र याल्वाङमा तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए। पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्यलगायत वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक ओझाले बताए।

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्