Kathmandu Press

वसन्त आरोहण : बाइस आरोही समूहलाई अनुमति

वसन्त आरोहण : बाइस आरोही समूहलाई अनुमति

काठमाडाैं, चैत १८ : सन् २०२२ को वसन्तयामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति पाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी भएको छ। यसमा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन्। अन्नपूर्ण (८०९१ मि) आरोहणका लागि चार, अमादब्लम (६८१४ मि) मा एक, ल्होत्से (८५१६ मि) मा एक, कञ्चनजङ्घा (८५८६ मि) मा एक, धौलागिरि (८१६७ मि) आरोहणका लागि एक आरोही समूहले आरोहण अनुमति लिएका छन्।

त्यसैगरी मिलुङ्ग चुलीका लागि दुई, नुप्सेका लागि दुई, भेम्दोङ्ग, गङ्गापुर्न र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सबै हिमाल तथा पिक गरेर २२ टिमका ३७ महिला र ११६ पुरुष गरी कूल १५३ आरोही आरोहणमा निस्किएका हुन्। ति हिमाल तथा पिक आरोहणबाट पाँच करोड ६१ लाख ४४ ५५० रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ।

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्