प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे ओलीले उठाए प्रश्न
काठमाडाैं, चैत १८ : एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा प्रश्न उठाएका छन्।शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको...
काठमाडाैं, चैत १८ : एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा प्रश्न उठाएका छन्।
शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावअगाडि भम्रणमा किन गएको भन्दै प्रश्न गरेका हुन्।
ओलीले प्रधानमन्त्री स्वदेश फर्किपछि निर्वाचनको बेला भारत भ्रमणमा जानुपर्ने कारणबारे सोध्ने बताए।
उनले आगामी निर्वाचनमा एमाले एक्लैले जित हासिल गर्ने दाबी गरे। सम्बोधनका क्रममा ओलीले माधव नेपाल कम्युनिस्ट नभई बर्कोमात्र ओडेको व्यक्ति भएको आरोप लगाए।
उनले आफुले चाहे गठबन्धनलाई टुटाउन सक्ने दाबी गरे। कांग्रेसले काम गर्ने शक्तिसँग इतिहासमा कहिल्यै पनि तालमेल नगर्ने उहाको भनाइ छ।
एमाले प्रवेश गर्नेहरुको लहर जारी रहेको बताउने अध्यक्ष ओलीले २४० वर्ष राज गर्नेहरुसँग एमालेको तुलना नहुने बताए।
आफूलाई राजासँग दाँज्नेहरुलाई राजा र आफू कसरी मिल्छ भन्दै उनले राजालाई पाउँमा दाम राखेर ढोग्ने मान्छे आफू नभएको बताए।
ओलीले एमाले सरकारका कामलाई चुनावमा प्रचारप्रसार गर्न निर्देशन दिए।











