Kathmandu Press

टुँडिखेलमा घोडेजात्राकाे राैनक (तस्बिरहरू)

परापूर्वकालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ।
टुँडिखेलमा घोडेजात्राकाे राैनक (तस्बिरहरू)

काठमाडाैं, चैत १८ : प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार काठमाडौं उपत्यकामा मनाइएको छ। काठमाडौं उपत्यकामा प्रचलितमध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ।

परापूर्वकालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ।

त्यहीँ जनविश्वास र सस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुडिखेलमा नेपाली सेनाले घोडेजात्राको आयोजना गरेको थियो। घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो।

नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण लगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो।

घोडेजात्रामा सैनिकहरुले विभिन्न ब्यान्डद्वारा धुनहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको सुरुमै क्याभर्ली राई पास तथा डगद्वारा मार्च पास गरिएको थियो।

यस्तै क्रस टेन्ट पेगिङ अन्तर्गतको प्रस्तुतिमा सैनिकहरुले घोडाको साहायता दिँदै शत्रुका टेन्ट भत्काउने शैली प्रस्तुत गरेका थिए।

यसैगरी तालिम प्राप्त कुकुरहरुको प्रस्तुति निकै रोचक देखिएको थियो। घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिस्पर्धामा विजयी सेनाहरुलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन्।

यात्राका लागि लागि निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारीसाधनको प्रयोग सँगै यसको महत्व घट्दै गएको छ।

घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो। घोडेजात्राका दिन ललितपुरमा भने एक्लो घोडा दौडाउने गरिन्छ। (तस्बिरहरू ः रासस)

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्