स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन हुँदैन : लिङ्देन
उदयपुर, चैत १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा...
उदयपुर, चैत १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन्।
शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्नेक्रममा राप्रपा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताउनु भएको हो।
अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताए।
जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने बताए। उनले देश ३१ वर्ष निक्कामाहरुले शासन गर्दा अहिलेको अवस्था आएको आरोप लगाएका छन्।
जनसभामा राप्रपाका केन्द्रीय नेता विक्रम पाण्डे, हरीबहादुर बस्नेत, ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गरेका थिए।
प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











