लखन थापा नेपालका प्रथम सहीद होइनन् : ओली
काठमाडौं, चैत १८ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम सहीद लखन थापा नभएको बताएका छन्। शुक्रबार अनेरास्ववियुको विस्तारित भेलालाई...
काठमाडौं, चैत १८ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम सहीद लखन थापा नभएको बताएका छन्। शुक्रबार अनेरास्ववियुको विस्तारित भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले प्रथम सहीद भनेर लखन थापालाई चिनिएपनि वास्तविक प्रथम सहीद बाकावीर भएको उनले बताएका हुन्।
‘बैतडी, बझाङ कतातिर हुन् बाकावीरले पहिलोपल्ट राणाशासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तार गरेर हत्या गरेको थियो । र, उनी पहिलो शहीद हुन् ,’ उनले भने, ‘पहिलो शहीदको सम्बन्धमा कन्फ्युजन पनि छ । चर्चा नभएर पनि हो । बाकावीर नेपालको राजनीतिक जाँगरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो शहीद हुन् । त्यसपछि अनेक आन्दोलन हुँदै गए । पछि लखन थापा व्रिदोहलाई लिन सक्छौँ, योगमायाको विद्रोह र अरु विद्रोहलाई लिन सक्छौँ ।’
उनले पहिलो शहीदको विषयको बुझाइमा सबैमा दोधारपन रहेको छ र बाकावीर राणाशासनविरुद्ध लडेर पहिलो शहीद भएका बताए। उनीपछि पहिलो शहीद भनिएका लखन थापा र योगमायाहरुले विद्रोह गरेको अध्यक्ष ओलीको भनाइ थियो ।











