Kathmandu Press

म्याग्दीमा विकास खर्च न्यून

म्याग्दी, चैत १८ : चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा म्याग्दीमा विकासतर्फको बजेट खर्च निराशाजनक छ। जिल्लामा रहेका विकास योजनामा सङ्घ र प्रदेश सरकारबाट...
म्याग्दीमा विकास खर्च न्यून

म्याग्दी, चैत १८ : चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा म्याग्दीमा विकासतर्फको बजेट खर्च निराशाजनक छ। 

जिल्लामा रहेका विकास योजनामा सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च न्यून देखिएको हो। कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म भएको पुँजीगत खर्चमध्ये सङ्घतर्फ १२ दशमलव ६७ प्रतिशत र प्रदेशतर्फ २८ दशमलव २३ प्रतिशत खर्च भएको छ।
 
सो अवधिमा सङ्घतर्फ कुल रु ५३ करोड १६ लाख ९२ हजार बजेटमध्ये रु ६ करोड ७३ लाख ७० हजार ९१२ दशमलव ६७० प्रतिशत खर्च भएको छ। विकासमा प्रदेशतर्फ रहेको कुल रु ६२ करोड ६८ लाख ५० हजार बजेटमध्ये रु १७ करोड ७० लाख ६ हजार २७५ बजेट ९२८ दशमलब २३० प्रतिशत खर्च भएको कोेष नियन्त्रक युक्तप्रसाद शर्माले जानकारी दिए। 

सङ्घतर्फ रहेका कुल बजेटमध्ये करिब रु ५० करोड बजेट सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र अन्य योजनामा खर्च भइरहेको तथा त्यसको भुक्तानी नहुँदा  खर्च न्यून देखिएको जनाइएको छ।

आर्थिक वर्षको आठ महिनामा सङ्घ तथा प्रदेशको ४० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने मान्यता रहेको छ। तर विकासतर्फको बजेट कार्यान्वयनमा साउन भदौ बर्खा, असोज कात्तिक चाडपर्व र मङ्सिर पुस लगायतको महिना जाडो र कोभिडका कारण सोचे जस्तो रुपमा विकास खर्च हुन नसकेको कोष नियन्त्रक शर्माले बताए। 

'विकास योजनाको काम भइरहेको छ, अधिकांश योजनाको बजेट भुक्तानीको चरणमा छ,' उनले भने। त्यस्तै प्रदेशतर्फको विकास बजेटमध्ये पूर्वाधार विकास कार्यालयको रु ३८ करोड ४२ लाख ३० हजारमध्ये रु १२ करोड १९ लाख ४१ हजार खर्च भएको छ। उक्त कार्यालयको उपलब्धि ३२ प्रतिशत देखिन्छ।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्