Kathmandu Press

केपी ओली खलनायक भैदिँदा समृद्धीको सपना पूरा हुन सकेन : प्रचण्ड

काठमाडौं, चैत १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीकै कारण एकिकृत बन्दै गएको कम्युनिस्ट आन्दोलन र विकास र समृद्धीको सपना...
केपी ओली खलनायक भैदिँदा समृद्धीको सपना पूरा हुन सकेन : प्रचण्ड
फाइल तस्बिर

काठमाडौं, चैत १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीकै कारण एकिकृत बन्दै गएको कम्युनिस्ट आन्दोलन र विकास र समृद्धीको सपना पूरा हुन नसकेको बताएका छन्। काभ्रेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली खलनायक भएर निस्केका कारण जनतालाई समृद्ध बनाउने सपना पूरा हुन नसकेको बताएका हुन्। 

 एकात्मक राज्य व्यवस्थाका अन्त्य गर्दै माओवादीकै नेतृत्वमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागू भएको प्रचण्डले बताए। संविधानसभाबाट संविधान निर्माण गर्नेदेखि निर्वाचन गराउने र निर्वाचन पछि राजीनीतिक स्थायित्व र समृद्धीको सपनालाई साकार गराउनेसम्म माओवादी केन्द्रले नेतृत्वदायी भूमिका खेलेको प्रचण्डले बताए। 

त्यसका लागि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने कोशिसस्वरुप एमालेसँग पार्टी एकता गरेको प्रचण्डको भनाई छ। तर एकजना व्यक्तिका कारणले त्यसलाई पूरा गर्न नसकिएको उनले बताए । ‘खासगरी केपी ओली नायक होइन खलनायक भइदिएको कारणले त्यो सपना पूरा हुन पाएन,’ उनले भने। 

तर अहिले फेरि आम जनतामा परिवर्तन ल्याउने र देश बनाउने माओवादी नै हो भन्ने जागरण आएको उनको भनाई छ। उनले देशभरका गाउँपालिकाबाट उत्कृष्ठ पाँच गाउँपालिकामध्य माअ‍ोवादी केन्द्रले नेतृत्व गरेको तीन गाउँपालिका परेको र ६ महानगरमध्य विकास, सुशासन र समृद्धीमा भरतपुर महानगरपालिका उत्कृष्ठ ठहर भएको स्मरण गरे। यसबाट माओवादी केन्द्रले मात्र जनताको  मुद्दाहरुलाई ठिक ढंगले सम्बोधन गर्न सक्ने प्रमाणित भएको उनले बताए। 

देशको स्वाधिनता रक्षा गर्दै देशलाई दुर्घटनातर्फ जानबाट रोक्ने माओवादी केन्द्र नै रहेको दावी गरेका छन्। आम नागरिकमा पनि देशलाई संकटबाट मुक्त गर्ने काम माओवादी केन्द्रले मात्र गर्छ भन्ने लाग्न थालेकाले माओवादी केन्द्रप्रतिको आकर्षण बढेको बताएका छन्। 


 

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्