दिल्ली पुगे प्रधानमन्त्री देउवा, भारतीय विदेशमन्त्रीसँग आजै भेट हुने
तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री देउवा केहीबेरअघि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
काठमाडौं, चैत १८ : प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगेका छन्।
तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री देउवा केहीबेरअघि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
विमानस्थलमा उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरे। देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् । आजै साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम छ।

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्।
प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार